साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज पनि चाँदीको मूल्य स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४८ हजार ५ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम भएको छ ।