सुनको मूल्य वर्ष दिनमै तोलामै ४७ हजारले बढ्यो, अब ४० प्रतिशतले घट्न सक्ने सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2025 | 08:54:38 AM मा प्रकाशित

nepal oil ltd

वर्ष ०८१ मा नेपालमा सुनको मूल्य ऐतिहासिक रूपमा उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ०८० को चैत मसान्तमा सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार रुपैयाँ थियो भने ०८१ को चैत मसान्तमा आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रुपैयाँ पुगेको छ। यो वृद्धि तोलामा ४७ हजार रुपैयाँको हो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले सुनको आयातमा भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएपछि सुनको मूल्य झनै बढेको थियो। तर भारतले भने सोही अवधिमा सुनको आयात भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेपछि नेपालभन्दा भारतमा सुनको मूल्य सस्तो भयो। त्यसको परिणामस्वरूप भारतबाट अवैध रूपमा सुन नेपाल भित्रिन थाल्यो। उक्त समस्यालाई नियन्त्रण गर्न सरकारले ९ मंसिरमा सुनको भन्सार दर घटाएर १० प्रतिशतमा झारेको थियो, जसले सुनको मूल्यमा केही राहत दिएको थियो।

अन्तर्राष्ट्रिय रूपमा पनि सुनको मूल्यमा चाप आएको छ। विश्वका विभिन्न मुलुकबीच भएका युद्ध र अस्थिरताले लगानीकर्तालाई सुनमा आकर्षित गरेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको हो। विशेष गरी अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाहेकका मुलुकहरूमा लगाएको भन्सार कर ९० दिनका लागि निलम्बन गरेपछि सुनको मूल्यमा उछाल आएको हो।

यता, मोर्निंगस्टारका एक अमेरिकी विश्लेषकले आगामी केही वर्षमा सुनको मूल्य ३८–४० प्रतिशतसम्मले घट्ने प्रक्षेपण गरेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिक रत्न शाक्यले यो प्रक्षेपण अनुमान मात्र भएको र सुनको बजारमा यस्ता उतारचढाव सामान्य हुने बताएका छन्। उनले भने, “सुनको मूल्य यति धेरै बढेको छ कि अब आम उपभोक्ताले खरिद गर्न सक्ने अवस्था छैन।”

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved