उच्च कारोबारबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2025 | 10:43:43 AM मा प्रकाशित

nepal oil ltd

नेपाली बजारमा उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको  छ। आज सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार  छापावाल सुनको मूल्य तोलाको एक लाख  ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य  पनि घटेको छ । आज चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार  चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५८ हजार १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ६७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved