सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदीको भने स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2025 | 10:41:08 AM मा प्रकाशित

nepal oil ltd

नेपाली बजारमा आज सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार पनि  चाँदी सोही मूल्यमा कारोबार भएको थियो। 

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६३ हजार ७ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८० रुपैयाँ ५० पैसा कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved