सुनको मूल्य २ लाख नजिक, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2025 | 10:42:49 AM मा प्रकाशित

nepal oil ltd

मंगलबार नेपाली बजारमा आज सुनको मूल्य बढेर २ लाख नजिक पुगेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन तोलाको एक लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६९ हजार ६ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८९ रुपैयाँ कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved