सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2025 | 10:40:38 AM मा प्रकाशित

nepal oil ltd

बिहिबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको  छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४५ रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी दुई हजार १०  रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। 

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६३ हजार ४१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७२३ रुपैयाँ  कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved