घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2025 | 10:38:58 AM मा प्रकाशित

nepal oil ltd

साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य  घटेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दश रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी दुई हजार १० रुपैयाँमा कारोबार भएको थियो। 

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६२ हजार ५५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७१४ रुपैयाँ  ५० पैसा कायम भएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved