सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2025 | 10:37:49 AM मा प्रकाशित

nepal oil ltd

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी दुई हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६२ हजार ६३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७०६ रुपैयाँ  कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved