घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2025 | 10:41:25 AM मा प्रकाशित

nepal oil ltd

साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलाको एक लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो। 

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६१ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६८९ रुपैयाँ  कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved