डाक्टरहरुको आन्दोलन फिर्ता, मध्यमार्गी उपायमा जुट्यो सहमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 29, 2017 | 05:48:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चिकित्सक संघले अस्पताल बन्द लगायत बिरोधका कार्यक्रम फिर्ता लिएको लिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको रोहबरमा संघ र सरकारी पक्षबीच बालुवाटारमा भएको वार्तामा सहमती भए पश्चात संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको हो।

संघका महासचिव लोचन कार्कीले आन्दोलनरत चिकित्सक संघले अस्पताल बन्द लगायत बिरोधका कार्यक्रम फिर्ता लिएको बताएका छन। 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानुनमा परिवर्तन गरेर हाम्रा मागहरु सम्बोधन गर्न सरकार तयार भएको छ। त्यसैले हामीले बिहीबार देखि नै काममा फर्किने निर्णय गरेका छौं' उनले भने।   

उनका अनुसार सहमति पत्रमा सरकारका तर्फबाट स्वास्थ्य सचिव डा किरण रेग्मी र संघका तर्फबानट अध्यक्ष डा मुक्तिराम श्रेष्ठले हस्ताक्षर गरेका छन्।  सरकारले डाक्टर तथा अस्पताल विरुद्ध आक्रमण र दुर्व्यवहार गर्नेमाथि कडा कारबाही गर्ने गरी कानून संशोधन गर्ने सहमति जनाए पश्चात संघले आन्दोलनको कार्यक्रम तत्काललाई स्थगित गरेको हो। 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि ऐन २०६६ र सो सम्बन्धि नियमावली २०६९  संशोधन गरी कडा सजाय गर्ने सहमति भएको छ । तर डाक्टरको लापरवाही पुष्टि भए कारबाहीका लागि संघले पनि सहयोग गर्ने सहमति भएको छ।

चिकित्सकको गम्भीर लापर्बाहीले बिरामीको मृत्यु भएमा उपचारमा संलग्न चिकित्सकले नै क्षतिपूर्ति तिर्नुपर्ने गरी सरकारले कानुन बनाउने निर्णय गरेको सार्वजनिक भएपछि चिकित्सक संघले असोज दुई गतेदेखि नै ओपिडी सेवा (आपतकालीन अवस्थामा बाहेक) ठप्प पारेका थिए। 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved