चिकित्सक संघ प्रति डाक्टरहरुको असन्तुष्टि, कालोपट्टीसहित हेल्मेट लगाएर बिरामी जाँच्दै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 05, 2017 | 08:29:10 AM मा प्रकाशित

laxmi  sunrise bank

चिकित्सक संघले स्पष्ट खाका बिना सरकारसंग सम्झौता गरेको भन्दै चिकित्सकसंग सम्बन्धित ११ वटा संस्थाले आन्दोलनलाई जारि राखेका छन। आन्दोलनको स्वरुप परिवर्तन गर्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका छन। 

'चिकित्सक संघले स्पष्ट खाका बिना सरकारसंग सम्झौता गरेको छ, हाम्रो मुख्य माग भनेको 'जेल विथआउट बेल' हो, तर यस बारे कुनै सम्बोधन नै भएको छैन' सरकारी चिकित्सक संघका कार्यवाहक अध्यक्ष ड़ा सुनिल पौडेलले भने। 'हाम्रो माग सिधा छ,जेल विथआउट बेल लागु  हुनुपर्छ' उनले भने।

देशभरका चिकित्सकहरुले हेल्मेट लगाएर स्वास्थ्य सेवा प्रवाह गरिरहँदा उपचारका लागि अस्पताल पुगेका बिरामी आश्चर्यमा परेका छन्। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले सुरक्षित रहनुपर्ने अवस्था सिर्जना भएको भन्दै आकस्मिक लगायत सबै उपचार गर्दा हेल्मेट लगाएका हुन् ।

सरकार र नेपाल मेडिकल एसोसिएसन (एनएमए­)बीच भएको सम्झौता व्यावहारिक नभएको भन्दै लामो समयदेखि आन्दोलित चिकित्सकले यसअघि एक सातासम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved