डा.सैयदको टोलीद्वारा अति दुर्गम सेदुवामा निःशुल्क स्वास्थ्य शिविर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 21, 2017 | 07:56:45 AM मा प्रकाशित

laxmi  sunrise bank

संखुवासभाको अति दुर्गम स्थान मकालु गाउँपालिकाको सेदुवामा निशुल्क स्वास्थ्य सिभिर सम्पन्न भएको छ। प्रायजसो सिभिरहरु सदरमुकाम केन्द्रित हुने चलन बिपरित स्वास्थ्यकर्मीहरुको टोलि एक दिनको कठिन यात्रा पश्चात उक्त गाउँ पुगी निशुल्क स्वास्थ्य सेवा दिएको जनाइएको छ। 

अस्पतालका प्रशासकीय अधिकृत रमेश खनियाका अनुसार निशुल्क स्वास्थ्य सिभिरबाट पांचसय बढीले सेवा लिएका छन। सेवाग्राही स्थानीय ७५ बर्सिया माइला शेर्पाले आफ्नै गाउँमा नै निशुल्क स्वास्थ्य सेवा पाएकोमा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिदै खुसि व्यक्ति गरेका छन।

सिभिरमा जेनेरल मेडिसिन,शल्यक्रिया,स्त्री तथा प्रसुती,बालरोग,हाडजोर्नी तथा नाक,कान,घाटीका बिरामीहरुलाई निशुल्क जाच तथा औषधि वितरण गरिएको थियो।  

स्वास्थ्यकर्मीको टोलिमा मनमोहन मेडिकल कलेज स्वयम्भुका बरिष्ठ स्वास्थ्यकर्मीहरु डा. मुजस श्रेष्ठ , डा. मनोर दिन सैयद, डा. क्रिस्टिना श्रेष्ठ,डा.मेक्लिना श्रेष्ठ, राधा छेत्री,पेमा शेर्पा,बेनी ह्योयु रहेको अस्पतालका प्रशासकीय अधिकृत खनियाले जानकारी दिए। फ्रेन्ड्स अफ नेपाल ले आयोजना गरेको उक्त शिबिरमा इटाली बाट आएका पद्यात्रिहरुले समेत स्वयमसेवी को रुपमा काम गरेका थिए


यात्रा कठिन भएता पनि दुर्गम गाउँमा पुगी आधारभूत स्वास्थ्यसेवा बाट बन्चित जनताहरुलाई सेवा दिन पाउदा वास्तबमा नै आफुले अध्ययन गरेको उदेश्य पूर्ति भएको महसुस भएको स्वास्थ्य र समाजसेवाका चर्चित धरोहर डा.सैयदले बताए। 

राजधानीमा कार्यरत अति व्यस्तताका बावजुद पनि कम्तिमा मासिक रुपमा दुर्गम पुगी स्वास्थ्य सेवा र समाजसेवाका कार्यहरु गर्ने ड़ा.सैयदले तराईमा केहि महिना अघि गएको बाढीबाट पिडित परिवारलाई समेत निशुल्क स्वास्थ्य सेवा दिएका थिए। उनले एक हप्ता पहिला मात्र बाँकेको दुर्गम गाउँमा स्वच्छ पिउने पानि वितरण कार्यक्रममा सहभागी भई स्थानीयलाई सेवा दिएका थिए।     


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved