किष्ट मेडिकल कलेजबाट अतिनाजुक अवस्थामा हातको सफल शल्य–उपचार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 11:33:35 AM मा प्रकाशित

laxmi  sunrise bank

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल अतिनाजुक अवस्थामा रहेको हातको सफल शल्य उपचार गर्न सफल भएको छ। अस्पतालले दुर्घटनाबाट अतिनाजुक अवस्थामा रहेकी मैँया श्रेष्ठको दाहिने हातको सफल शल्य–उपचार सम्पन्न गरेको हो। 

अस्पतालमा सम्पन्न अतिनाजुक दुर्घटनात्मक चोट–पटकको घटनाका विषयमा प्रस्तुतिकरण गर्दै अस्पतालले एक कार्यक्रमको आयोजना मार्फत यसबारे जानकारी दिएको हो।

४ वैशाख २०७५ मा ललितपुरको टिकाथलीमा दुर्घटनामा परी दाहिने हात र टाउकोमा गम्भीर चोटपटक लागेकी मैँया श्रेष्ठको हातलाई सकुशल बनाउन किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल सफल भएको र उपचारको यो श्रृङ्खला अस्पतालका लागि कोशेढुङ्गा साबित भएको अस्पतालले जनाएको छ। 

डा. अभिषेक थापा तथा डा. कविता हाडा बटाजुको संयोजकत्वमा दुर्घटनामा परेका सम्पूर्णको उपचारका साथै डा. सुरज बज्राचार्यका साथै अन्य परामर्शदाताको सहयोगले १४० दिन अस्पतालमा राखी २६वटा शल्य क्रियापश्चात् श्रेष्ठको दाहिने हात सकुशल बनाइएकोबारे कार्यक्रमा प्रस्तुति गरिएको थियो।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved