सिटिजन बैंकका ग्राहकलाई क्लिनिक वनमा बिशेष छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 11:10:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंक इन्टरनेशनल लिमिटेड र क्लिनिक वन प्रालि जावलाखेलबीच बैंकका ग्राहकलाई क्लिनिकको सेवा शुल्कमा बिशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ। 

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रघु बिक्रम राणाले हस्ताक्षर गरेका छन। 

सम्झौता अनुसार बैकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले क्लिनिक वन प्रा. लि.मा उपचार गराउँदा तथा अन्य सेवा लिंदा बिशेष छुट पाउँनेछन।  

बैंकले ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved