काठमाडौंमा २१२ जनालाई स्वाइन फ्लु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 09:25:37 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानी काठमाडौंमा एक महिनामा दुई सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’ का दुई सय १२ बिरामी अस्पताल भर्ना भएका हुन् । ओम अस्पतालको आइसियूमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ । अर्का एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत पठाइएको छ  । 

चिकित्सकहरूका अनुसार दमलगायत स्वासप्रस्वासम्बन्धी समस्या भएकालाई स्वाइन फ्लु (मौसमी रुघाखोकी)को संक्रमण बढी हुन्छ । मधुमेह, मुटु, कलेजो र स्नायु रोग भएका व्यक्ति पनि संक्रमणको उच्च जोखिममा पर्छन् । गर्भवती, वृद्धवृद्धा र ५ वर्षमुनिका बालबालिकामा स्वाइन फ्लुको संक्रमण हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved