डेंगुबाट कसरी बच्ने ? (टिप्स)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2019 | 01:59:51 PM मा प्रकाशित

laxmi  sunrise bank

डेंगु रोग लामखुट्टेको टोकाईको कारण सर्ने सरुवा रोग हो यो रोग डेंगु लागेको मनिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ    एडिस एजिष्टाई र एडिज आल्बोपिक्टस नामक लामखुट्टेको टोकाईले डेंगु रोग सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म कुनै खोप अथवा खास उपचार छैन  

 

रोग लागेपछि देखा पर्ने लक्षणहरु:

- जाडो हुदै उच्च ज्वरो आउने,जिउ दुख्ने,जोर्नीहरू बेसरी दुख्ने,

- रोग लागेको केहि समयपछि छाला मुनी रगत जमेको धब्बाहरु देखिने,

- रोग जटिल  हुदै गएपछि नाक,गिजा वा शरीरका अन्य अङ्गहरुबाट रगत बग्ने सक्ने हुन्छ,

- ज्वरो आएको केहि समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने आदी  

 

डेंगु रोगबाट बच्ने उपायहरु:

लामखुट्टेको टोकाईबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो  । यो रोग सार्ने लामखुट्टेले दिऊसोको समयमा टोक्ने भएकोले अनावश्यक रुपमा बाहिर ननिस्कौ बाहिर निस्कनु परेमा पुरा जिउ ढाक्ने कपडा लगाएर मात्र निस्कौ ।

 -  लामखुट्टेले गाडीको पुरानो टायरको भित्र जमेको पानि,खुल्ला ट्यांकी,कुलर भित्र जमेको पानि, गमलाको पानि, टुटे फुटेको गाग्री,सिसा,खेर फालेको प्लाष्टिक,टिनको बट्टा आदिमा जमेको पानीमा फुल पर्ने भएकोले उक्त पानीको भाडोलाई घोप्टाएर सुख्खा राख्ने,

 -  बगैचा,करेसाबारी,घरको छत आदिमा रहेको डब्बा,भाडा,टायर,बोतल,आदिमा जम्मा भएको पानि सुख्खा गराउनु रोगबाट बच्ने अति प्रभावित उपाय हो  

-    तसर्थ लामखुट्टेको बासस्थान " खोज्ने र नस्ट गर्ने" अभियान यो रोगको रोगथाम गर्ने उत्तम विकल्प हो  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved