युनिभर्सल मेडिकल कलेजका विद्यार्थीद्धारा रिले अनसन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2019 | 11:05:31 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल भैरहवामा विद्यार्थीले रिले अनसन सुरु गरेका छन्। सरकारले तोकेको भन्दा बढी १५ लाख बढी शुल्क लिएको र फिर्ता माग गर्दे आएका बिद्याथीहरुले आफनो माग सम्बोधन नगरेपछि आजबाट रिले अनसन सुरु गरेका हुन ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल भैरहवामा अध्यनरत एमबीबीएस,बीडीएस फार्मेसी नर्सिङ अध्ययनरत विद्यार्थीले  ६ घन्टाका दरले ४ ग्रुप बनाएर रिले अनसन सुरु गरेको एमबीबीएस अध्यनरत भुपेस चन्दले बताए । 

यस अघि हामीले क्याम्पस प्रशासनलाई बुझाएको ज्ञापन पत्रको सुनाई नभएपछि चरणबद्ध आन्दोलन सुरु गरेको बताएका उनले बताएका छन। उनकाअनुसार बिद्यार्थीहरुले गत सोमबार कलेज प्रशासन, लेखा, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक कक्षलगायतमा तालाबन्दी गरेका थिए ।

विद्यार्थीले प्रशासनलाई ज्ञापनपत्र बुझाउने, मूल गेटमा धर्ना दिने, तालाबन्दी गर्नेलगायतका चरणबद्ध आन्दोलन गरेपनि प्रशासनले बेवास्ता गरेपछि बाध्य भएर रिले अनसन बसेको चन्दले बताए ।

आन्दोलन लामो समयसम्म चलिरहँदा कलेजबाट इन्टर्नमा खटिएका चिकित्सकले समेत शुल्क फिर्ता नभए काम नगर्ने चेतावनी दिँदै आएका छन् । यता कलेज प्रशासनले भने मुलुकभरका १८ वटा मेडिकल कलेजको समस्या भएकाले माथिल्लो निकायबाटै समाधान खोज्नुपर्ने बताउंछ ।

युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रबन्धक कमल ढकालले आफूहरुले विद्यार्थीलाई आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको तर नमानेको बताए। कात्तिक १४ गतेदेखि विद्यार्थी चरणबद्ध आन्दोलनमा छन् । सरकारले बीडीएसका लागि १९ लाख ३२ हजार र एमबीबीएसका लागि ४२ लाख ५० हजार शुल्क निर्धारण गरेपनि मेडिकल कलेजहरुले त्यसबाहेक अतिरिक्त रकम उठाउँदै आएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको उक्त मेडिकल कलेजले विश्वविद्यालयले निर्धारण गरेकै शुल्क लिएको दाबी गर्दै आएको छ ।विद्यार्थीहरुलाई इन्टनसिप गराउँदा लाग्ने खर्चका लागि कलेजले अतिरिक्त रकम उठाउने गरेको मेडिकल प्रशासनले जनाएको छ । आन्दोलनका कारण वाषिक परिक्षा स्थगित भएको छ । विद्यार्थीको आन्दोलन शुक्रवार १६ औं दिनमा पुगेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved