नेपालमा औषधि निर्यात गर्ने दुई भारतीय कम्पनीको जीएमपी फेल (सुची सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 08:01:57 PM मा प्रकाशित

laxmi  sunrise bank

औषधि व्यवस्था विभागको टोलीले विदेशी कम्पनीमा गुड म्यानिफ्याक्चर प्राक्टिस (जीएमपी) मापदण्ड सम्बन्धी प्रतिबेदन सार्वजनिक गरेको छ। बिभागको टोलिले सम्बन्धित कम्पनीको स्थलगत निरीक्षण पश्चात प्रतिबेदन सार्वजनिक गरेको हो। 

बिभागको टोलिले गत असारमा भारत, बंगलादेश, भियतनाम, युक्रेन, जोडर्न र फिलिपिन्समा रहेका विभिन्न २३ वटा उद्योगमा पुगी जीएमपी मापदण्डको निरीक्षण गरेको थियो। निरीक्षणको क्रममा २ वटा भारतीय उद्योगहरुको जीएमपी फेल भएको पाइएको छ। 

जीएमपी फेल भएकाहरुमा नागपुर भारतमा रहेको युनिजुलेस लाईफ साइन्सेज लिमिटेड र पटना विहारमा रहेको श्री बैद्यनाथ आयुर्वेद भवन प्रालि रहेका छन्। यी दुबै उद्योगहरुले आयुर्वेदिक औषधि उत्पादन गरी नेपालमा निर्यात गर्ने गरेका थिए।

विभागका महानिर्देशक पान बहादुर क्षेत्रीकाअनुसार अब नयाँ दर्ता हुने कम्पनीको जीएमपी कम्प्लाई हुनैपर्छ । पुरानोले पनि सो मापदण्ड पु¥याउनै पर्छ। 

विभागका प्रवक्ता सन्तोष केसीले नेपाललाई औषधि निर्यात गर्ने विदेशी कम्पनीको संख्या ३५० भन्दा बढी भएको बताए । उनले हालसम्म ८० बढी कम्पनीको जिएमपी कम्प्लाइन छ कि छैन भनि निरीक्षण गरिसकेको बताए। यो औषधिको गुणस्तरसंग जोडिएकाले नयाँ मापदण्ड लागू गरि जीएमपी अनिवार्य गरिएको केसीले बताए। अघिल्ला बर्षका तुलनामा निरीक्षण प्रतिवेदन यसपटक छिटो सार्वजनिक गरेको बिभागको दाबि छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved