कतार च्यारिटीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 01:44:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार च्यारिटीले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ। च्यारिटीले लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो। 

च्यारिटीले स्वास्थ्य उपकरण अन्तर्गत भिडियो एक्सरे मेसिन (USG) १, जनरल बेड ८ थान , डेलिभरी बेड २ थान, मेटरेस १० थान, ह्वील चियर ५ थान, इमरजेन्सी ट्रली ५ थान हस्तान्तरण गरेको हो।    

पिछडिएको क्षेत्रका महिला दिदी बहिनीहरुले गर्भावस्थामा धेरै समस्या झेल्नु पर्ने हुदा यि उपकरणहरु प्रदान गरिएको कतार च्यारिटीका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए। सरकारले स्तरोन्नति गर्न लागेको यस स्वास्थ्य केन्द्रको प्रसुती सेवा कक्षमा मासिक ६५ जना भन्दा बढी महिलाको सुत्केरी गराउने कार्य भएको मे.सु. डा. मिलन अवालेले बताए। 

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, ३ नं वडा का अध्यक्ष अकरामुदिन नाउँ, को उपस्थिति रहेको थियो। स्वास्थ्य केन्द्रमा उपकरणको कमि भएकोले यस उपकरणले यहाँको स्वास्थ्य सेवा प्रभावकारी बनाउन सहयोग गर्ने र स्वास्थ्य सेवालाई बिशेष ध्यानमा राख्ने प्रतिबद्धता मेयर चौधरीले गरे। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved