विद्यालय मै हेल्थ डेस्क, घट्यो कक्षा छोड्ने विद्यार्थीको दर

महेश न्यौपाने

महेश न्यौपाने

Dec 31, 2019 | 11:31:12 AM मा प्रकाशित

laxmi  sunrise bank

रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयले सुरु गरेको स्वास्थ्य सेवाले विद्यार्थीको नियमितता वढेको छ । विद्यालयमा स्वास्थ्य सेवा  उपलव्ध भएपछि विरामी भएर दैनिक कक्षा छोड्ने विद्यार्थीको दर घटेको छ । 

दैनिक २० भन्दा वढी विरामी विद्यार्थीले सेवा लिने गरेको विद्यालयले जनाएको छ । अधिकांश ज्वरो, झाडापखाला, आउँ, रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या लिएर आउने गरेको वताईन्छ । नमूना विद्यालय गुरुयोजना वमोजिम विद्यालय हाता भित्र वितरण गर्न मिल्ने औषधी मात्रै जिल्ला स्वास्थ्य कार्यालय संगको परामर्शका आधारमा वितरण गरिरहेका छौ विद्यालय व्यवस्थापन समितिका महिला सदस्य निमकुमारी सिंहले भनिन । 

महिनावारीले छात्राहरुको उपस्थितिमा केही प्रभाव पारेको देखिनुका साथै विद्यालयवाट स्वास्थ्य संस्थाहरु टाढा रहदा दैनिक १५÷२० जना विद्यार्थीको पढाई प्रभावित हुने गरेको महसुस भए पछि यस्तो सेवा दिन सुरु गरेका हौ सदस्य सिंहले भनिन । जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा छात्राहरुका लागी महिनावारी प्याड व्यवस्था गरिएको विद्यालयले जनाएको छ । विरामीकै कारण दैनिक २० भन्दा धेरै विद्यार्थी कक्षा छाडेर उपचारमा जाने वाध्यता थियो विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले भने । महिनावारीका कारण विद्यालय अनुपस्थित हुने छात्राको उपस्थिति दर  पनि वढेको छ पोख्रेलले भने ।

स्वास्थ्य सेवा प्रवाह संगै विरामी भई विदा मागेर जाने विद्यार्थीको संख्या शुन्य भएको विद्यालयले जनाएको छ । नर्सले विरामीको उपचारका साथै परामर्श सेवा समेत दिने गरेको वताईन्छ । 

विद्यालयको एक कोठामा स्थापना गरिएको हेल्थ डेस्कमा महिनावारी व्यवस्थापनका लागी प्याडका साथै विरामी विद्यार्थीहरुको स्वास्थ्य परिक्षण पछि सामान्य औषधी समेत वितरण हुदै आएको छ । कडा खालको विरामी देखिए जिल्ला अस्पताल जान परामर्श दिने गरेको छु सो विद्यालयका नर्स जोशना डागीले भनिन । हाल सम्म कडा खालका विरामी देखिएका छैनन त्यसो देखिए जिल्ला अस्पतालमा पठाउने गरि परामर्श दिन्छु डाँगीले भनिन । महिनावारी व्यवस्थापनमा समस्या भोग्दै आएका छात्राहरुलाई हेल्थ डेस्कले निकै सहयोग गरेको छ डाँगीले भनिन । 

हेल्थ डेस्कवाट दैनिक १वजे पछि विरामी उपचार गर्ने समय निर्धारण गरिएको छ । अधिकांश विद्यार्थी १ वजे पछि मात्रै विदा मागेर स्वास्थ्य केन्द्र जाने गरेको देखिएकाले सोही समय रोजेको विद्यालय व्यवस्थापन समितिका सदस्य जीतवहादुर डाँगीले जानकारी दिए । १ वजे अघिको समय विद्यार्थीहरुलाई महिनावारी व्यवस्थापन, सरसफाई, पानी सुद्धिकरण, सावुन पानीले हात धुने तरिका, पोषण, वालविवाह जस्ता विषय वस्तुमा परामर्श सेवा दिने गरेको सदस्य डाँगीले जानकारी दिए । केही कक्षाहरुमा स्वास्थ्य तथा वातावरण शिक्षा संवन्धि कक्षा संचालन गर्ने गरि जिम्मेवारी पनि तोकेका छौ  सदस्य डाँगीले भने । विद्यालयमा स्थापना भएको स्वास्थ्य  सेवाले आफुहरुको पठनपाठनमा सहजता ल्याइदिएको कक्षा  १० की छात्रा लालकुमारी विष्टले  प्रतिकृया दिईन । विद्यालयमा विरामी  पर्दा १ घण्टाको  पैदलयात्रा गरेर स्वास्थ्य संस्था धाउनुपर्ने  वाध्यता थियो विष्टले भनिन । विद्यालयमा महिनावारी  हुदा अत्यन्तै असहज महसुस भई  कक्षा छोड्नुपर्ने वाध्यता थियो विद्यालयमा  स्थापना भएको स्वास्थ्य सेवाले यी सवै समस्या हल गरेको छ विष्टले भनिन  ।

विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिदै सो विद्यालयले केही महिना अघि हेल्थ डेस्क स्थापना गरेको हो । विद्यालय स्वास्थ्य सेवाका लागि एक जना नर्सको दरवन्दी सिर्जना गरि खुला प्रतिस्पर्धावाट भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक पोख्रेलले जानकारी दिए ।  आन्तरिक श्रोतवाट तलव सुविधा दिइरहेका छौ प्रधानाध्यापक पोख्रेलले भने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved