नेपाल आइपुग्यो प्राणघातक कोरोना भाइरस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 06:32:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चीनबाट फर्किएका ३१ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको हो । उनको शुक्रराज सरुवा रोग अस्पताल टेकुबाट रगतको नमूना परीक्षणका लागि हङकङ पठाइएको थियो । 

विश्व स्वास्थ्य संगठनको समन्वयमा हङकङ पठाइएको रगतको उक्त नमूना परीक्षणबाट नेपाली युवक कोरोना भाइरसबाट संक्रमित भएको भेटिएको हो । 

कोरोना भाइरस संक्रमण भएका ती विरामी धनुषाका हुन् । शुक्रवार पनि तीन जना शंकास्पद बिरामी टेकु अस्पताल पुगेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved