कोरोना भाइरसः चीनीयाँ पर्यटक बढी निगरानीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 10:03:54 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना भाइरस डरलाग्दो अवस्थामा नरहेको बताएका छन् । उक्त भाइरसका कारण नेपाल भित्रिने पर्यटक असुरक्षित नरहेको उनको भनाई छ ।

सोमबार पर्यटन र हवाईँ उद्योगसँग सम्बन्धित सरोकारवाला निकायसँग कोरोना भाइरसको प्रकोप र नेपालको तयारीबारेको छलफलमा छलफलमा विमानस्थल र सीमा नाकामा स्वास्थ्य जाँच गर्न अत्याधुनिक उपकरण थप्न सरोकारवालालाई निर्देशन दिए । सरकारी तवरबाटै नेपाल असुरक्षित छैन, सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वसामू फैलाउनुपर्ने निजी क्षेत्रका प्रतिनिधिको मागप्रति मन्त्री भट्टराईले सरोकारवालालाई यस्तो निर्देशन दिएका हुन् ।

चीनबाट जहाजमार्फत आउने पर्यटकलाई अन्य देशबाट आएका यात्रुसँग सम्पर्क नहुने गरी व्यवस्थापन गर्न पनि मन्त्री भट्टराईले विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीलाई निर्देशन दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved