कोरोना भाइरसबाट ८१ जनाको मृत्यु, कुन देशका कति मानिस संक्रमित ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 11:24:59 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनमा कोरोनोभाइरसबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ । विभिन्न देशमा गरी सङ्क्रमण हुनेको संख्या २ हजार ८१९ पुगेको छ । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार चीनले थप साढे सात सय व्यक्तिमा सङ्क्रमण भएको पुष्टि गरेपछि सङ्क्रतिको संख्या बढेको हो । 

कुन कुन देशमा कति संक्रमित ?

उक्त भाइरसबाट संक्रमणमा पर्ने २ हजार ७७९ जना चीनका नागरिक हुन् भने बाँकी ४० जना अन्य देशका छन् । जसमा थाईल्याण्डका ८, अष्ट्रेलियाका ५, सिंगापुरका ४, फ्रान्सका ३, मलेसियाका ४, जापानका ४, दक्षिण कोरियाका ४, अमेरिका ५, भियतनामका २ र नेपालका १ जना नागरिकमा कोरोनाभाइरसको संक्रमणमा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

तर हालसम्म चीन बाहेक अन्य देशका  कुनै मानिसको मृत्यु भएको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved