चीनमा कोरोना, नेपालमा कालोबजारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 19, 2020 | 02:57:45 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको हुवेई प्रान्तको वुहान शहर उद्गम रहेको मानिएको कोरोना भाइरस फैलिन सक्ने विश्वव्यापी त्राससँगै नेपाली बजारमा मास्कको अभाबसंगै महँगी चुलिएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रमाणित गरेको कोरोना भाइरस प्रतिरोधात्मक मास्क ‘एन नाइन्टी फाइभ’ बजारमा पाइनै छाडेका बेला नेपालमै उत्पादन हुने सर्जिकल मास्कको समेत अभाव देखिएको छ। 

बजारमा एकातर्फ मास्क पाउन मुस्किल भईसकेको छ भने अर्को तर्फ पाईहालेपनि मुल्य आकासिएको छ। करिब महिना दिनको अन्तरमा नेपाली बजारमा पाइने सर्जिकल मास्कको मुल्य ९०० प्रतिशतले बढेको छ।  

होलसेल मुल्य नै महँगो भएपछि खुद्रा मुल्य महंगिएको क्षेत्रपाटि तथा त्रिपुरेश स्थित सर्जिकल पसलका संचालकले बताए। उनीहरुका अनुसार हिजो होलसेलमा २ रुपैयाँ पर्ने सर्जिकल मास्क अहिले २० रुपैयाँ नाघेको छ। त्यस्तै विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले प्रमाणित गरेको कोरोना भाइरस प्रतिरोधात्मक मास्क ‘एन नाइन्टी फाइभ’ हिजो खुद्रा मुल्य ९०-९५ रहेकोमा अहिले ७-८ सय पुगिसकेको छ। मास्कमा देखिएको कालोबजारीले चार वर्ष अघिको नाकाबन्दीका बेला भएको पेट्रोलिय पदार्थको अभाव सम्झाइदिएको छ। 

बिक्रेताहरुका अनुसार, नेपालमा आउने मास्क बढी चीनबाट आयात हुन्थ्यो । तर, कोरोना भाइरसको प्रकोपका कारण चीनमा नै मास्कको अभाव भएपछि त्यताबाट मास्क आउन छाडेको  छ। मास्कको आयात नरोकिएपनि  नेपालीमा पनि कोरोना भाइरसको त्रास बढेकोले  माग बढ्न गई अभाव भएको बिक्रेताहरुको दाबि छ। 

बजार अनुगमन गर्ने छुट्टै निकाय नहुँदा अनुगमन गर्ने जिम्मेवारी दीइएकाले बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​सँग मिलेर आफुहरुले गत साता अनुगमन गरेको औषधि व्यवस्था बिभागका प्रवक्ता सन्तोस केसीले बिजपाटीलाई बताए। 

अनुगमनमा अधिकांश औषधि पसलमा  माक्सको अभाव भेटिएको उनले बताए। ठमेलको क्षेत्रपाटी लगायतका ठाउँहरुमा माक्स कालोबजारमा बिक्रि भैरहेको जानकारी आए पनि त्यसको ठोस प्रमाण नभेटिएको उनले बताए। प्राप्त जानकारीकाअनुसार चिनियाँ ब्यापारीहरुले ठमेल लगायतका ठाउँहरुमा आधार बनाएर बजारबाट सर्जिकल मास्क उठाउन थालेका छन। जसले गर्दा केहि दिन यता नाकाबन्दीको समयमा पेट्रोलियमको बिक्रि बितरणलाई सम्झाउने गरि मास्कको धन्दा भएको छ।   

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ मा  २० प्रतिशतभन्दा बढी मार्जिन राखेर बस्तु तथा सेवा बिक्रि गर्नेलाई नाफाखोरी भनिने र त्यसलाई कारबाही हुने व्यवस्था छ।  

मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved