मास्क लुकाउने र महँगोमा बेच्ने व्यवसायीलाई २ लाख जरिवाना, अनुगमन तिब्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 09:08:31 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमणको त्रासले बजारमा सर्जिकल मास्क र सेनिटाइजर लगायतका बस्तुको अभाव हुनथालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तिब्र बनाएको छ। 

माग बढिरहेका बेला कालोबजारीको उदेश्यले सर्जिकल मास्क र सेनिटाइजर लगायतका बस्तु लुकाउने र बढी मुल्यमा बिक्रि गर्ने प्रवृति बढेपछि अनुगमनलाई तिब्र बनाइएको बिभागले जनाएको छ। 

बिभागले पछिल्लो समय अनुगमन मेडिकल क्षेत्रमा केन्द्रित गरेको छ। त्यहिक्रममा फागुन २१ गते मात्रै बिभागले क्षेत्रपाटिका बिभिन्न मेडिकलमा अनुगमन गरेको छ। 

अनुगमनकै क्रममा बिभागले क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई कालोबजारी गर्ने उद्देश्यले मास्क लुकाएको भन्दै २ लाख रुपैयाँ जरिवाना गरेको छ। त्यस्तै क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ। 

विभागले यो हप्तामात्रै १ दर्जन बढी मेडिकलहरुमा अनुगमन गरेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए।  अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्ट स्टोर, खुद्रा पसलमा केही समयअघि सजिलै पाइने सर्जिकल मास्कको कृत्रिम अभाव सिर्जना गरेर मूल्य दोब्बर बनाइएको भेटिएको  उनले बताए। सर्जिकल मास्क र सेनिटाइजर अभावको विषयलाई नै केन्द्रमा राखेर बजार अनुगमन गरिने उनले बताएका छन। 

बजारमा बिगतमा ५ रुपैयाँमा पाइने सर्जिकल मास्कलाई ३०-३५ रुपैयाँसम्म बेच्ने गरेको पाइएको छ। त्यस्तै क्षेत्रपाटी, थापथापी लगयतका स्थानमा सर्जिकल मास्क, सेनिटाइजर लगायतका बस्तुहरुको अभाव पाइएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved