कम उमेर मै छाला चाउरी पर्ने समस्या, कारण र निदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2020 | 09:07:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रायः कम महत्वमा पर्ने तर अति नै संवेदनशील अंग हो छाला । मानव शरिरको प्रत्यक्ष सौन्दर्यतासँग जोडिएकोले पनि यसको हेरचाहा वैज्ञानिक तरिकाले गरिनु अपरिहार्य छ । 

के हो छाला ?

९०% भन्दा बढी  'Collagen Protein' ले बन्ने यो अंग शरिरको सबैभन्दा ठूलो ग्रन्थी हो । जसलाई बनोटको दृष्टिले दुई भागमा वर्गीकरण गरिन्छ: Dermis & Epidermis

किन चाउरी पर्छ त छाला ?

बुढ्यौलीपनासँगै छालामा पर्ने चाउरीपना त स्वभाविक नै हो तर कम उमेरमा पनि यो समस्या देखिनु भनेको विभिन्न स्वास्थ्य समस्यासँग प्रत्यक्ष जोडिएको हुन्छ । शरिरमा पर्याप्त पानीको कमी, पोषक तत्वको कमी (Vitamin A, C Protein),  मानसिक तनाव, अध्याधिक चुरोटको सेवन, थाइरोइड हर्मोनको उतारचढाव लगायतका कुराहरु यसका लागि मूलतः जिम्मेवार छन् । 

कम उमेरमै छाला चाउरी पर्नबाट रोक्न के गर्ने ?

वास्तवमा हामीले अपनाउने जीवन शैलीमा परिवर्तन गर्नु नै समस्याको निदान हो । 

कस्ता खानेकुराहरु छालाका निम्ति उपयुक्त मानिन्छन् ?

स्वस्थ छालाका निम्ति मुख्य रुपमा मेवा, गाजर, कागती, अमला, काक्रो, खर्बुजा जस्ता भिटामिन ए र सी साथै मिनरल्सयुक्त खानाहरु नै सेवन गर्नु वान्छनीय हुन्छ । त्यति मात्र होइन गेडागुडी, माछा र मासु जस्ता प्रोटिनयुक्त खानेकुराहरु पनि छालाको निम्ति अपरिहार्य छन् । 

स्वस्थ छालाको लागि कुन क्रिम उपयुक्त छ त ?

मुख्यतः यसमा छाला रोग विशेषज्ञले दिने सुझाव नै निर्णायक हुन्छ तर सर्सर्ती हेर्दा सुख्खा छालाको लागि हामीले moisturizer को अधिकतम प्रयोग गर्नु पर्दछ । यसमा Oil base moisturizer  को छनौट गरेमा राम्रो मानिन्छ भने Oilly छालामा छिटो सुक्ने खालको  moisturizer  प्रयोग गर्नु पर्दछ । तथा धेरै moisturizer  प्रयोग गर्नुपर्छ भन्ने पनि छैन । आजकाल बजारमा पाइने cream हरुमा कतभचयष्म steroid mix हरुले मानव शरिरको छालामा गम्भीर समस्याहरु देखाईरहेका छन् । यस्ता क्रिमहरुको प्रयोगले छालाको असली स्वरुप परिवर्तन हुनुको साथै छाला पातलो हुने wrinkle पर्ने विमिरा देखिने हुने गरेको देखिन्छ । त्यसकारण क्रिमको प्रयोग गर्नु पूर्व हामीले आफ्नो छालासँग मिल्ने अनि अवश्यकता अनुसारको छनौट गर्नु पर्दछ । अन्यथा हामीसँग पछुताउने बाहेक अर्को विकल्प रहँदैन । 

प्राकृतिक रुपमा पनि छालालाई चाउरीपना हुनबाट बचाउन सकिने हामीसँग धेरै उपायहरु छन्– जस्तै आधा हरियो काँक्रोको टुक्रालाई कागती पानीमा १ रात भिजाएर हप्तामा १ पटक आधा घन्टासम्म अनुहारमा राखेमा छाला चाउरी हुनबाट बचाउन सकिन्छ भने चाउरी सकेको छालालाई पाकेको (पहेँलो) काँक्रोलाई १ इन्चका टुक्राहरु बनाएर कागती, घिउ (चिउरीको) बेसनको हल्का पातलो झोलमा ६ घन्टा भिजाएर हप्तामा २ पटक ४५–६० मिनेट प्रभावित क्षेत्रमा राखेर ३–४ महिनाको उपचार गरेमा चाउरिएको छाला राम्रो भएर आउँदछ ।

 - नारायण भट्टराई, सौन्दर्यविज्ञको बिचारमा आधारित लेख

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved