नेपाल आइपुग्यो कोरोनाको प्रभावकारी औषधि, कहाँ कहाँ उपलब्ध हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 11:11:33 AM मा प्रकाशित

laxmi sunrise bank

कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको औषधि रेमडेसिभिर (इन्जेक्सन)  कानुनीबाटोबाट नेपाल आइपुगेको छ। अनुमती पाएका तीनवटा कम्पनी मध्ये सिनर्जी ओभरसिज नामक कम्पनीले माइलन ब्राण्डको रेमडेसिभिर नेपाल ल्याएको जनाईएको छ। 

अनुमती पाएका मध्ये एउटा कम्पनीले हिजो बिहिबार बेलुका नै नेपाल ल्याईसकेको जानकारी आफुले पाएको बिभागका महानिर्देशक नारायण ढकालले बिजपाटीलाई जानकारी दिए। 

उनकाअनुसार अनुमती पाएको कम्पनीले ल्याएको रेमडेसिभिर आवश्यकताअनुसार अब सिधै अस्पतालको निगरानीमा संक्रमित बिरामीको उपचारमा प्रयोग हुनेछ।  भारतबाट ल्याइएको रेमडेसिभिर कसरि प्रयोग हुन्छ भन्ने पोर्टोकल मिलाउने जिम्मा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पाएको छ।   

नेपाल ल्याउन अनुमती पाएका कम्पनीले नेपालका अस्पताल, चिकित्सक र बिरामीको निगरानीमा रेमडेसिभिर प्रयोग गर्ने र त्यसको जानकारी नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई गराउने गरि पोर्टोकल तयार गरिएको बताइएको छ।

कोभिड बिरामीको उपचार गर्ने अस्पतालमा यो औषधि उपलब्ध हुनेछ। अनुसन्धानका लागि प्रयोग गरिने यो औषधिको मुल्य बिरामीले तिर्नुपर्ने वा के हुने भन्ने लगायतका बिषयमा आधिकारिक पुष्टि हुन बाँकी छ। 

बिभागले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको औषधि रेमडेसिभिर कानुनीबाटोबाट नेपाल ल्याउनलाई गत शनिबार नेपालका तीनवटा कम्पनी यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ साइन्सेसलाई अनुमती दिएको थियो। 

यसअघि:
-सरकारले सुनेन कोरोना संक्रमितको पिडा, डाक्टर भन्छन्, 'बाँच्न सक्नेलाई पनि बचाउँन सकिएन'

-कोरोनाको औषधिमा सरकारी निकायबीच 'रत्यौली', डाक्टर भन्छन्, 'भ्रष्टाचारको पराकाष्ठा भो'

-भारतले प्रतिबन्ध लगाएको औषधि ल्याउन अनुमति, कमिशनको खेलको आशंका

७२ घन्टाभित्र कोरोना संक्रमितको औषधि नेपाल ल्याउने सहमति

यी तिनवटा कम्पनीले आफु आधिकारिक बिक्रेता भएका भारतीय कम्पनीका रेमडेसिभिर नेपाल ल्याउनेछन। यति फर्मले सिप्ला ब्राण्डको, सिनर्जी ओभरसिजले  माइलन ब्राण्डको र भियोसिस लाइभ साइन्सेसले हेटेरो ब्राण्डको रेमडेसिभिर  नेपाल ल्याउनेछन। 

सन २००९ मा इबोला बिरुद्द प्रयोग भएको रेमडेसिभिर लाई कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएकाले विश्वका बिकसित देशहरुले यसको प्रयोगमा अनुमति दिएका छन्। नेपालमा पनि कोरोना संक्रमितको उपचारमा रेमडेसिभिर को प्रयोग हुँदै आएपनि आजका दिनसम्म गैरकानुनी बाटोबाट यसको खरिद बिक्रि हुँदै आएको छ। 

सरकारले सहजीकरण गर्न नसक्दा भारतमा ४-५ हजार आइसीमा पाइने रेमडेसिभिर नेपाली बजारमा लाख डेढ लाखसम्म बिक्रि हुँदै आएको छ। केहि बिरामीले दुई लाखसम्म हालेको बिजपाटीलाई प्रतिकृया दिएका छन्। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved