'कोरोना भाइरस २ वर्ष सम्ममा अन्त्य हुन सक्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2020 | 09:41:38 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन्। शुक्रवार जिनिभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को 'स्प्यानिश फ्लू' नियन्त्रणमा आउन दुई वर्ष लागेको बताए।

तर हाल प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा उक्त भाइरस "कम समयमा" नियन्त्रणमा आउन सक्ने उनले बताए। "पक्कै पनि बढ्दो घुलमिलका कारण भाइरस फैलन सक्ने पनि सम्भावना बढी छ," उनले भने। "तर हामीसँग यसलाई रोक्नका लागि प्रविधि र ज्ञान पनि छ।" सन् १९१८को घातक फ्लूका कारण कम्तीमा ५ करोडले ज्यान गुमाएका थिए।

हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण करिब ८ लाख मानिसहरूले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी सङ्क्रमित भएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved