नेपालमा कोरोनाको प्रभावकारी औषधिको परिक्षण सुरु, तोकिए यी अस्पताल ( सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 04:40:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको उपचारमा प्रभावकारी मानिएको ‘रेमडिसिभर’ औषधिको परीक्षण सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीका अनुसार सरकारले तोकेका कोभिड–१९ को उपचार गर्ने अस्पतालमा यसको परीक्षण सुरु भएको हो । 

हाल प्लाज्मा थेरापिस सुविधा उपलब्ध रहेका अस्पतालमा परीक्षण भईरहेको डा. ज्ञवालीको भनाई छ । उनका अनुसार बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, नारायणी अस्पताल, काठमाडौँ विश्व विद्यालय, भरतपूर अस्पताल, भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, सेती अस्पताल, ग्राण्डी अस्पताल, ह्याम्स अस्पताल, मेडिसिटी अस्पताल र पाटन अस्पतालमा यो औषधिको परीक्षण थालिएको जानकारी दिए । 

परीक्षणका लागि बिरामीको पूर्वसहमति लिनुपर्ने (फाराम भरेर) प्रावधान छ । तोकिएका अस्पतालमा परीक्षण गरिएपछि क्लिनकल रिपोर्ट भने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा बुझाउनुपर्ने छ।

यसअघि:

-नेपाल आइपुग्यो कोरोनाको प्रभावकारी औषधि, कहाँ कहाँ उपलब्ध हुन्छ ?

-सरकारले सुनेन कोरोना संक्रमितको पिडा, डाक्टर भन्छन्, 'बाँच्न सक्नेलाई पनि बचाउँन सकिएन'

-कोरोनाको औषधिमा सरकारी निकायबीच 'रत्यौली', डाक्टर भन्छन्, 'भ्रष्टाचारको पराकाष्ठा भो'

-भारतले प्रतिबन्ध लगाएको औषधि ल्याउन अनुमति, कमिशनको खेलको आशंका

७२ घन्टाभित्र कोरोना संक्रमितको औषधि नेपाल ल्याउने सहमति


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved