सर्जिकल ग्लब्समा चरम कालोबजारी, तालुकी अड्डालाई सुइँको समेत छैन

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Aug 25, 2020 | 01:31:55 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित लोकदोहोरी गायक पशुपति शर्माले केही समय अघि एउटा दोहोरी गित सार्वजनिक गरेका थिए । लुटन सके लुट कान्छा ।

उनले उक्त गितमा देशका समसामयिक गतिविधिलाई समेटेर लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइदैन नेपालमै हो छुट भन्ने बोलका गित सार्वजनिक गरेका थिए । शर्माको गितले भनेजस्तै बजारमा जतासुकै लुट् नै लुट छ । 

गितले भनेजस्तै लुट पछिल्लो स्वास्थ्य सामग्रीमा हुन थालेको छ। कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि हुन थालेपछि स्वास्थ्य सामग्रीमा लुटको धन्दा नै चलेको छ । उपभोक्ताको प्रत्यक्ष स्वास्थ्यसँग सरोकार रहेको स्वास्थ्य सामग्रीमा कालोबजारी गर्नेहरुको सख्यामा बृद्धि भएको छ । 

सामान्यतया औषधि पसलले बिक्री वितरण गर्दै आएको मास्क, स्यानिटाइजर तथा ग्लब्स हाल किराना पसलदेखि फेन्सी पसल सञ्चालकले समेत बिक्री गर्न थालेका छन् । पसल अनुसार भिन्दाभिन्दै मूल्य राख्दै उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुँदा समेत बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समिति तथा औषधि व्यवस्था विभागका अधिकारीले वेवास्ता गर्दै आएका छन् । 

मुख्यत बजारमा बिक्री वितरणमा भएका बस्तुको अनुगमन गर्ने अधिकार पाएको वाणिज्य विभागले अन्य क्षेत्रमा अनुगमनलाई प्रभावकारी बनाउदै लगेको दाबी गरेको छ । तर बजारमा ग्लब्सको कृत्रिम अभाव सिर्जना गर्दे तीनगुणा सम्म मूल्य बृद्धिहुँदा समेत सिमित स्थानमा मात्र अनुगमन गर्दै आएको उपभोक्ताले गुनासो गरेका छन् । 

बन्दाबन्दी अघिसम्म अर्थात चैत महिनामा एक प्याक (५० जोर) ग्लब्सलाई ३ सयदेखि ३५० सम्म बिक्री वितरण गरिदैँ आएतापनि हाल एक हजारसम्म बिक्री हुन थालेका छन् । अति आवश्यक पर्ने उपभोक्ताले एक हजार सम्म ग्लब्स लिन्छु भन्दा पनि नपाएको गुनासो गरेका छन् । 

बजारमा ग्लब्सको अभाव त छैन, तर व्यापारीहरुले आफूअनुकुल मूल्य बृद्धि गर्दा महङ्गी बठेको सप्लायर्स व्यवसायीहरु बताउँछन् । एक व्यापारीले बिजपार्टीलाई दिएको जानकारी अनुसार कोरोना भाइरसलाई देखाउँदै पुराना स्टक ग्लब्सलाई नयाँ मूल्यमा बिक्री गर्दै आएका छन् । 

‘हाल मलेसिया र थाइल्याण्डबाट मात्र सर्जिकल ग्लब्स नेपालमा आएका छन्, बन्दाबन्दी अघिसम्म डाक्टर तथा अस्पतालहरुले मात्र उपयोग गर्नै गरेकोमा हाल सबै उपभोक्ताले प्रयोग गर्दा मागमा बृद्धि भएको छ । उनले भने, मागमा बृद्धि भयो, तर दुई कम्पनीले मात्र नेपालमा ग्लब्स आयात हुँदा उनिहरुले माग अनुसारको आयात गर्न नसक्दा अभावसगैँ मूल्यबृद्धि भएको हो ।’

उनकाअनुसार व्यवसायीहरुले पुराना मौज्दात राख्दै नयाँ आएको मूल्य अनुसार बेच्ने गरेका छन्, वाणिज्य विभागको बजार अनुगमन नगरेको हैन, तर व्यवसायीले पुरानो सामानलाई नयाँ मूल्य देखाउदै बेच्दा उपभोक्ता ठगिएका हुन । 

यता नियामक निकाय वाणिज्य विभागका अधिकारी भने दैनिक फामेर्सी पसलको अनुगमान गर्ने गरिएको बताउँछन् । विभागका सूचना अधिकारी रवीन्द्र आचार्य काठमाडौँ उपत्यकाका तीन जिल्लाका छुट्टा छुट्टै स्थानमा रहेका सर्जिकल सप्लायर्स तथा फार्मेसी पसलको अनुगमन गरिएको बताउँछन्।

'हामीले दैनिक रुपमा अनुगमन गर्ने गरेका छौँ, अनुगमनका क्रममा उपभोक्ताले गरेको गुनासो अनुसार बढी मूल्यमा बिक्री वितरण गरेको तथा अभाव रहेको देखिएको छैन्' उनले भने, 'बढी मूल्यमा बेचेको भेटिए तत्काल कारवाही गर्ने गरेका छौँ ।' 

उनकाअनुसार बजार अनुगमनका क्रममा खरिद तथा बिक्री बिललाई आधार बनाउने हो, दुबैमा सामान्य अवस्था देखिएपछि कारवाही गर्ने कुरा हुँदैन।  

बन्दाबन्दीको सुरुवाची चरणमा बजारमा मास्कको अभाव हुन थालेपछि नेपाली कम्पनीले नै मास्क उत्पादन गर्न थालेपछि बजारमा मास्कको अभाव भएको छैन् । तर विदेशबाट पर्याप्त मात्रामा आयात नभएको ग्लब्सको फाइदा उठाउदैँ व्यवसायीले मूल्य बृद्धि गर्ने गरेका छन्।

केहि नाम चलेका इम्पोर्टर कम्पनीहरुले हिजो सस्तोमा ल्याएर राखेका ग्ल्ब्स अहिले महँगोमा बिक्रि गर्दै आएका छन्।  उनीहरुले प्रति प्याकेट १००० रुपैयाँमा बिक्रि गर्दा भ्याट बिल ५०० को मात्र दिने र नगद ५०० मा लिने गरेको सप्ल्यार्स कम्पनीहरुको भनाई छ। यसरी बिक्रि हुँदा राजश्वमा धक्का लागेको छ भने व्यवसाय गर्ने कम्पनीहरुले समेत नगदमा तिरेको ५०० लाई मिलाउन भ्याट छल्न बाध्य भएको बताउँछन।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved