औषधि बजारमा पम्प्लेट आतंक: ओली सरकारको निर्देशनलाई ठाडो चुनौती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 09:26:37 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यका  लगायत  देशैभर  कोभिड संक्रमणको उच्च जोखिमकावीच आवश्यक सावधानी सहित आफु पनि बचौं र अरुलाइ पनि बचाउँ भन्ने तथ्य आफैमा महत्वपूर्ण छ। सरकारले पनि  संक्रमणको जोखिमबाट  नागरिकलाई बचाउनकै लागि दोस्रो चरण अन्तर्गत भदौ १० बाट आगामी  १७ गतेसम्म  उपत्यकामा अत्यावश्यक  सेवा वाहेक अन्य सेवा  सञ्चालमा रोक लगाउदै कडाइका साथ निषेधाज्ञाा जारी गरेकोप्रति सबै जानकारनै  छ।  

तर  जारी निषेधाज्ञाकावीच राज्यले २४ घण्टा निर्वाद रुपम  सञ्चालन गर्न  सकुर्लर गरेको अत्यावश्यकिय सेवा अन्तर्गत रहेको औषधि खरिद विक्रीको मुख्य केन्द्र अर्थात औषधिको मुख्य बजार मानिएको क्षेत्रपाटी स्थित बजारमा राज्यको निर्देशनलाई खुला चुनौती दिने व्यहोरा उल्लेख भएको पम्प्लेट औषधि बजारमा छरपष्ट टाँसिएको छ। 

स्थानीय  रक्तकाली युथ क्लवको व्यवस्थापनको नाममा  सोहि क्षेत्रमा रहेको औषधि सम्वद्ध संस्थाको निर्देशनमा काठमाडौं महानगरपालिकाको वडा १७ र १८ को वडा समितिको हवाला सहित पम्प्लेट टाँसीएको छ। अर्को निर्णय नआएसम्म यहि निर्णय लागु हुन्छ भन्ने उर्दि सहित उक्त पम्प्लेटमा औषधि बजार साताको ३ दिनमात्र सञ्चालन गर्न पाइने लेखिएको छ। 

तर वडा नम्बर १७ र १८ कै अधिकारी मात्र नभई त्यस क्षेत्रमा कृयाशील नेपाल थोक औषधि व्यवसायी संघका पदाधिकारीहरुले यस बिषयमा आफुहरुसँग कुनै सरसल्लाह तथा छलफल नगरिएको बताएका छन्।  वडा न  १७ का अध्यक्ष नविन मान्नधर तथा थोक औषधि व्यवसायी संघका अध्यक्ष शिवराज बास्कोटाले पम्प्लेट टाँसबारे आफुहरुलाई कुनै जानकारी नभएको जवाफ दिएका छन्।  

पम्प्लेट टाँसेको देखियो तर टाँस गर्ने नगर्ने भन्ने बिषयमा कुनै छलफल नै भएको छैन थोक व्यवसायी संघका अध्यक्ष शिवराज बास्कोटाले बिजपाटीलाई भने,  नेपाल सरकारले समेत औषधि बिक्रि तथा वितरणलाई अतिआवश्यक सेवाको रुपमा राखेर निर्वाध रुपमा यी व्यवसाय गर्न दिएको छ, तर यहाँ सरकारको निर्देशनलाई नै चुनौती दिएर पल्म्लेट टाँसिएको छ। 

आफुहरुसँग कुनै छलफल नै नभएको बताउदै संघका अध्यक्ष बास्कोटाले आजको दिनमा औषधि जस्तो अतिआवश्यक बस्तुमा खेलवाड गर्न नहुने बताए। अहिलेको अवस्थामा सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरेर औषधि व्यवसाय सुचारू राख्नुपर्ने बेलामा यहाँको कुनै एउटा सँस्थाले छलफलनै नगरी गरेको यस्तो निर्णय किमार्थ मान्य नहुने बास्कोटाले बताए ।

औषधिको थोक व्यवसायीलाई कसैको डर धम्किको पछि नलागी निर्धक्करुपमा पसल खोलेर जनताको सेवा गर्नलाई समेत अध्यक्ष बास्कोटाले औषधि थोक व्यवसायीहरुलाई आग्रह गरेका छन्।  

तस्विरमा:  नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) का महासचिव राम चन्द्र शर्मा बन्द गरौँ भन्दै पसल पसलमा 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved