कसैले पनि नेपाल पठाएनन् कोरोनाको खोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2020 | 01:18:39 PM मा प्रकाशित

सरकारले विभिन्न देशमा कोरोना भाइरसको संक्रमण विरुद्द भनेर तयार पारिएका औषधिको परीक्षण गर्ने भनेपनि हालसम्म कुनै पनि देशको भ्याक्सिन परीक्षण सुरु भएको छैन । विश्वका विभिन्न देशले कोभिड–१९ कै लागि भनेर बनाएका र बनाउँदै गरेका भ्याक्सिनको परीक्षण गर्ने भनिएपनि हालसम्म कुनै पनि देशले बनाएको भ्याक्सिन काठमाडौँ आइनपुगेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । 

बिस्तृत प्रस्ताव नै आएन

‘हामीले सिँधा जानकारी दिँदा अहिलेसम्म कुनै पनि देशको भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु भएको छैन’ परिषद्का बरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले भने, ‘रिसर्च कसले गर्ने र स्पोन्सर कसले गर्ने भन्ने प्रस्ताव नै आएको छैन ।’

यसअघि विभिन्न देशले कोभिड–१९ विरुद्द प्रयोग गर्ने भन्दै उत्पादन गरेका भ्याक्सिनको नेपालमा परीक्षण गर्ने भनिएको थियो । परीक्षणका लागि चासो देखाएका विदेशी कम्पनीसँग बिस्तृत प्रस्ताव माग गरिएको भएपनि त्यसपछि खासै चासो नदेखाएको उनको भनाई छ । 

नयाँ भ्याक्सिनको परीक्षणभन्दा पनि निको भएकाहरुको रगत संकलन गरेर संक्रमितलाई दिएर बचाउने काम भईरहेको उनको भनाई छ । यो बाहेक रेमडिसिभरको चाँही परिषद्कै नेतृत्वमा देशका कोभिड अस्पतालहरुमा परीक्षण भईरहेको बताईएको छ ।

४ देशसँग सम्पर्क जारी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीका अनुसार ४ देशले तयार पारेको भनेको कोभिड विरुद्दको भ्याक्सिन परीक्षणका लागि सम्पर्क भईरहेको छ । विश्वभरी अहिले ६ वटा देशले तयार पारेको भ्याक्सिनको परीक्षण भईरहेकाले नेपालमा परीक्षण गर्न ४ देश इच्छुक रहेकाले पूर्ण प्रस्ताव माग गरिएको उनको भनाई छ ।

‘यो आजको भोली नै भइहाल्ने कुरा होइन, समय लाग्छ’ सदस्य सचिव डा. ज्ञवालीले भने, ‘चीनले बनाएको भ्याक्सिन होङ्सी सिमेन्टमा काम गर्ने कामदारमा परीक्षण गर्ने प्रक्रिया सुरु भएको छ, यस्तै अरु देशबाट पनि आएका प्रस्तावहरु प्रक्रियामा नै छन् ।’ 

अहिले चीनसहित रसिया, बेलायतको अक्सफोर्ड विश्वविद्यालयको समूह र अष्ट्रेलियाले बनाएको भ्याक्सिन नेपालमा परीक्षण गर्न कागजी प्रक्रिया सुरु भएको र उनीहरुसँग नियमित सम्पर्क भईरहेको परिषद्का सदस्य सचिव डा. ज्ञवालीले बताए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved