आयुर्वेद हेल्थ होमले निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 02:39:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आयुर्वेद हेल्थ होमले मंसिर १९ गतेदेखि २१ गतेसम्म ३ दिन निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । स्वास्थ्य शिविरमा विभिन्न स्वास्थ्य समस्याहरुको विशेषज्ञ डाक्टरहरुले विशेष परामर्श दिने कम्पनीले जानकारी दिएको हो ।

शिविरमा मांसपेशी, हाडजोर्नी, ढाड तथा घुँडाहरु दुख्ने समस्या, पेट र पाचन सम्बन्धी समस्या, ग्यास्ट्रिक, कब्जियत, पाइल्स, फिसर, फिस्टुलालगायतका समस्या भएका बिरामीले विशेग परामर्श लिन पाउनेछन् ।

त्यसका साथै रुघाखोकी, टन्सिल, श्वासप्रश्वासमा समस्या, दमआदिका रोगीले पनि परामर्श लिन पाउनेछन् । स्वास्थ्य शिविरमा बालबालिका एवम् महिलाका रोगहरु, यौन सम्बन्धि समस्याका साथै मानसिक तनाव व्यवस्थापन एवम् मनोवैज्ञानिक समस्याहरुको समाधानमा जोडि दिने कम्पनीले जनाएको छ । 

त्यसका साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमताको कमजोरीबाट उत्पन्न हुन सक्ने रोगका बारेमा तथा स्वस्थ्य जीवनशैली सम्बन्धि विशेष परामर्श उपलब्ध हुनेछ । कम्पनीले त्यसबाहेक अन्य विभिन्न प्रकारका स्वास्थ्य समस्यासँग सम्बन्धित रोगका बारेमा शिविरमा परामर्श उपलब्ध हुने जानकारी दिएको छ ।

शिविरमा आयुर्वेद उपचारमा अनुभवप्राप्त विशेषज्ञ डाक्टरहरु डा। संगिता महर्जन, डा।व्योम कोइराला, तथा डाक्टरहरु डा।रुमी तण्डुकार, डा।सबिना खड्का, डा।ऋषभ कोइरालाले स्वास्थ्य परीक्षण गर्नेछन् ।

कम्पनीले कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनबाट निर्देशित सावधानी र अत्यावश्यक सुरक्षाका विधिहरु पालना गरी शिविर आयोजना गर्न लागेको हो ।

हेल्थ होमले विगत २० वर्षदेखि शरीर, इन्द्रियहरु, मन एवम् पञ्चकर्म र योग उपचारका विविध उपक्रमहरुबाट १२२ देशका नागरिकलाई आयुर्वेद उपचारको सेवा दिँदै आएको छ । कम्पनीले आफ्नो नयाँ बिस्तारिक संरचना आयुर्वेद हेल्थ होम रिसोर्ट प्राकृतिक मनोरन छटाले भरिएको ‘नागार्जुन’ काठमाडौंमा छिट्टै शुरु गर्ने जानकारी दिएको छ । जुन ३० रोपनी क्षेत्रफलमा अवस्थीत छ ।

यस विस्तारित आयुर्वेद हेल्थ होम रिसोर्ट ले ८० भन्दा बढि को संख्यामा रोजगारिको अवसर दिने जनाइएको छ । संस्थाको आफ्नै जडिबुटीको गार्डेन र औषधी प्रशोधन गर्ने युनिट पनि रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved