रोकियो एन्टिजेन परीक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 02:02:30 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकाका एक लाख बढीको एन्टिजेन विधिबाट परीक्षण सुरु भएको २ दिनमा नै रोकिएको छ । हाललाई एन्टिजेटको मासटेस्टिङ परीक्षण बन्द भएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जनाएको छ । 

उक्त परीक्षणको जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाशाखालाई दिएको थियो । महाशाखाका निर्देशक डा बासुदेव पाण्डे कति ठाउँमा परीक्षण गर्ने, कसरी गर्ने लगायतका विषयमा छलफल भैरहेको भन्दै तत्कालका लागि रोकिएको बताउँछन् । उनका अनुसार संक्रमणको नयाँ हट स्पट भएका क्षेत्रहरु खोजी गरी परीक्षण सुरु गरिनेछ । 

सोमबार तथा बुधबार काठमाडौँ उपत्यकाका कोरोना हट स्पट मानिएका क्षेत्रमा समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । 

सोमबार ७ सय २० जनाको परीक्षण गरिएकोमा ४३ जना र बुधबार ७ सय ८५ जनाको परीक्षण गर्दा ७२ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । यसरी ८ प्रतिशत अर्थात् ११५ जनाको पोजिटिभ आएको स्वास्थ्य महाशाखाले जनाएको छ।

काठमाडौंको चाबहिल क्षेत्र, मित्रपार्क, विशालनगर, बालाजु बाइपास क्षेत्र, कुलेश्वर, कोटेश्वर लगायतका क्षेत्रमा एन्टिजेन परीक्षणको नमुना संकलन गरिएको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved