कोरोनाको नाममा अतिरिक्त शुल्क लिने अस्पताललाई कारवाही हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 06:48:03 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्रालयले कोरोनाको बहानामा विभिन्न नाममा सेवाग्राहीसँग अतिरिक्त शुल्क नलिन अस्पतालहरुलाई निर्देशन दिएको छ। मन्त्रालयले निजि अस्पतालहरुले कोरोनाको बहानामा अतिरिक्त शुल्क लिने गरेको गुनासो आएकोमा ध्यानाकर्षण भएको बताउदै अतिरिक्त शुल्क लिने काम नगर्न नगराउन निर्देशन दिएको हो 

मन्त्रालयले अतिरिक्त शुल्क लिएको पाईए कारवाही गर्ने चेतावनी समेत दिएको छ । विभिन्न निजि अस्पतालहरुले ओपीडि लगायत सबै सेवामा कुल बिलको केहि प्रतिशत शुल्क जोडेर सेवाग्राहीबाट रकम असुल्ने गरेका थिए । निजि अस्पतालहरुले सार्वजनिक सूचना नै निकालेर यस्तो रकम असुल्ने गरेका थिए । अब भने मन्त्रालयले यसरि अतिरिक्त रकम असुल्नेलाई कारवाही गर्ने जनाएको हो 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved