कोरोनाको नाममा नर्भिकको मनपरी असुली, कारबाही गर्ने सरकारको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 07:49:33 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको नाममा अतिरिक्त शुल्क लिने गरेको खुल्न आएपछि सरकारले यसो नगर्नलाई निजि अस्पतालहरुलाई चेतावनी दिएको छ। कोभिड १९ को कठिन परिस्थितिमा पनि ओपीडी लगायतका सेवा लिन आउने बिरामीबाट कोरोनाको नाममा अतिरिक्त शुल्क लिएको गुनासो बढेपछि सरकारले यस्तो निर्देशन दिएको हो। 

निजि अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिटच्यूसन अफ नेपाल 'अफिन' का अध्यक्ष बसन्त चौधरीकै अस्पतालले कोभिड १९ को नाममा ओपिडी लगायतका सेवामा बिरामीहरुबाट अतिरिक्त  शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो नगर्नलाई निर्देशन दिएको हो। 

नर्भिक अस्पतालले कोभिड इन्फेक्सन कन्ट्रोल चार्ज प्रत्येक पटकको ओपिडी लगायतका सेवामा अतिरिक्त १० प्रतिशत शुल्क लिएको पाईएपछि बिजपाटी डटकमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गराएको थियो। 

१० प्रतिशत अतिरिक्त शुल्क लिएको पाईएपछि मन्त्रालयले कोरोनाको बहानामा अतिरिक्त शुल्क नलिनलाई अस्पतालहरुलाई निर्देशन दिएको हो। अतिरिक्त शुल्क लिईएको प्रमाणित भएमा नियमानुसार कारवाही गरिने मन्त्रलायका सह प्रवक्ता डा समिरकुमार अधिकारिले बताए । 

नर्भिक लगायतका निजि अस्पतालहरुले कोरोनाको कारण १० प्रतिशत अतिरिक्त शुल्क लाग्नेबारे सार्वजनिक सूचना नै निकालेका थिए।  अब भने मन्त्रालयले यसरि अतिरिक्त रकम असुल्नेलाई कारवाही गर्ने जनाएको हो।

अध्यक्षकै अस्पतालबाट यस्तो हुनु दुखद 

अफिनका अध्यक्ष समेत रहेका बसन्त चौधरीकै अस्पतालले कोरोनाको नाममा अतिरिक्त शुल्क लिनु दुखद घटना भएको अफिनका एक कार्यसमिति सदस्यले बिजपाटीलाई बताए। 

'अध्यक्षकै अस्पतालले यसरी अतिरिक्त शुल्क लिएपछि नलिने अस्पतालहरुको पनि बेइजत भएको छ' उनले भने, 'यस्तै रवैयाले पछिल्लो समय निजि अस्पतालप्रति नागरिकको बिश्वास घट्दै गएको छ, कठिन परिस्थितिमा पनि कोरोनाको नाममा अतिरिक्त शुल्क लिनेलाई सरकारले कारबाही गरेर उदाहरण पेश गर्नुपर्छ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved