बेलायतबाट नेपाल आएका २३५ जना निगरानीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2020 | 06:54:10 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतबाट नेपालमा आएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन् । पछिल्लो समय बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएकाहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानी गरेको हो । 

स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले नयाँ भाइरसको स्वरूप नेपालमा भित्रिएको बारे अध्ययन गर्नभन्दै पुस १ गतेदेखि ७ गतेसम्म बेलायतबाट नेपाल आएकाहरुलाई सम्पर्कमा आउन आग्रह गरेको थियो । 

मन्त्रालयको आग्रह अनुसार २ सय ३४ जना सम्पर्कमा आएको र १४ जना होटल क्यारेन्टिमा रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार बेलायतमा नयाँ  भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा  प्रतिबन्ध लगाइएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले  गत बुधबार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको थियो। बुधबार बिहान बेलायतबाट नेपाल आएका यात्रुलाई एक साताका लागि होटलमा राखिएको विमानस्थल कार्यालयले जनाएको छ । 

बेलायतबाट नेपाल भित्रिएकामध्ये केही व्यक्तिको स्वाब संकलन गरी जिन सिक्वेन्सिङद्वारा आनुवंशिक संरचनाको अध्ययन गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved