कुमारी बैंक र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 11:55:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले बिरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रसँग स्वास्थ्य सेवामा छुट सम्बन्धमा सम्झौता गरेको छ ।

कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनुले उक्त सम्झौतामा हस्ताक्षर गरे। सम्झौता अनुसार सात्विक आयुर्वेद अस्पतालमा ओ.डि. पि., प्याथोलोजी, पँचकर्म र औषधीमा ५% सम्म, थेरापी, लगायत आइ. डि. पि. (बेड चार्जेज)मा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९५ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved