बेलायतबाट नेपाल फर्किएका तीन जनामा नयाँ कोरोना भाइरसको आशंका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2021 | 10:55:18 AM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतबाट फर्किएका तीन नेपालीमा नयाँ कोरोना भाइरसको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा उनीहरूको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो ।

पछिल्लो समय बेलायतबाट नेपाल फर्किएका सात जनामा कोरोना पोजिटिभ देखिए पनि नयाँ भाइरसको प्रजातिको संक्रमणको आशंका तीन जनामा मात्रै गरिएको छ । तीन जनाको स्वाब नमुना परीक्षण्का लागि हङकङ वठाउने तयारी भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकामा निर्देशक डा‍‍ वासुदेव पाण्डेले जानकारी दिए । 

उनका अनुसार पहिलो कोरोना संक्रमित युवाको नमुना परीक्षणका लागि पठाइएको प्रयोगशालामा नै पठाउने तयारी भएको छ । यसअघि चीनको उहानबाट नेपाल फर्किएका एक युवाको नमुना परीक्षण गर्न हङकङ विश्वविद्यालयको प्रयोगशालामा पठाइएको थियो । 

हङकङ पठाउन लागिएको नमुनाको केही भाग नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा पनि परीक्षण गर्ने तयारी भएको जनाइएको छ ।

नयाँ कोरोना भाइरसको प्रजाति हाल भारतसहित धेरै देशमा फैलिसकेको छ। अन्य कोरोना भाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रामक रहेको विज्ञहरूले बताएका छन् । यो संक्रमण भएका व्यक्तिहरूमा सामान्य कोरोना भाइरस संक्रमणभन्दा निकै धेरै भाइरल लोड हुने अध्ययनहरूले देखिएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved