स्वरुप फेरेको कोरोना भाइरस नेपाल भित्रिने जोखिम कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 06, 2021 | 01:19:19 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतमा नयाँ किसिमको कोरोना भाइरसको संक्रमण बढिरहेको र मध्यपूर्वसहितका देशमा फैँलिरहेका खबरले नेपालमा पनि त्रास सिर्जना गरेको छ । विभिन्न देशले निर्माण गरेको कोरोना विरुद्दको खोपले स्वीकृत पाएका खबरसँगै नयाँ खालको कोरोना देखिएको खबरले त्रासको वातावरण तयार गरेको हो ।

चरणवद्ध रुपमा सार्वजनिक भईरहेका अध्ययनले बेलायतका ६० बढी शहर (सिटी) मा महामारीको रुप धारण गरेको कोभिड–१९ भन्दा फरक र मानव स्वास्थ्यमा अझ बढी प्रतिकुल असर पार्ने खालको कोरोनाको रुप भेटिएको देखाएका छन् । अध्ययन अनुसार चीनको हुवानबाट सुरु भएको कोरोनाभन्दा यो कोरोनाको संक्रमण दर तीव्र हुने र मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता अति छिटो कमजोर बनाउने गर्दछ ।

समाचारमा आए जस्तो घातक भनिएको यो कोरोना भाइरस पूरानो कोरोना जस्तै तीव्र गतिमा फैलिए हाल निर्माण भईरहेका र प्रयोगका लागि स्वीकृति पाएका खोपहरुले काम गर्ने वा नगर्ने भन्ने अन्यौलता पनि थपेको छ । 

नेपालको के छ तयारी ?

बेलायतमा देखिएको भनिएको घातक कोरोना भाइरसको नयाँ स्वरुप नेपाल प्रवेश गर्ने जोखिम अत्याधिक छ । बेलायतबाट भारतको बाटो हुँदै स्थलमार्ग र हवाई मार्ग हुँदै नेपाल आउने यात्रुबाट उक्त भाइरस आउन सक्ने भएकाले सरकारले बेलायतबाट आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

‘जोखिम बढ्दो क्रममा रहेको र नेपालमा नयाँ खालको कोरोना भाइरस प्रवेश हुन नदिन स्वास्थ्य मन्त्रालयले अपनाउन अपिल गरेको उपाय अनुसार प्रवेशमा रोक लगाईएको छ’ नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले भन्यो ।

मंगलबारदेखि बेलायतबाट नेपाल आउन दिईएको छैन । यसअघि आएकाहरुको भने खोजी तीव्र पारिएको छ । स्वास्थ्य मन्त्रालयले पौष १ गते यता नेपाल आएकाहरुको खोजी गरी पीसीआर परीक्षण गर्ने नीति पनि लिएको छ । बेलायतबाट आएकाहरुको खोजी गरी उनीहरुलाई आइशोलेसनमा राख्ने काम सुरु गरिसकिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारी बताउँछन् ।

जीन सिक्वेन्सीङ गरिँदै

स्वास्थ्य मन्त्रालयले नेपालमा हाल रहेको भाइरस र बाहिरबाट आउने भाइरसबारे अध्ययन गर्न स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मा दिएको छ । परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार कोरोना भाइरसको नयाँ स्वरुप देखिएको भन्नेबारे अध्ययन भईरहेको बताएका छन् ।

‘हामीले १५ जनाको जीन सिक्वेन्सीङ गर्दा यहाँ रहेको कोरोना भारत, साउदी अरबिया, अमेरिकाको जस्तै थियो’ डा. धिमालले भने, ‘अहिले भाइरसको स्वरुप परिवर्तन भएको भन्ने कोणबाट खबरहरु आईरहेका छन् । के साँच्चै भाइरसले स्वरुप परिवर्तन गरेकै हो त भन्ने विषयमा नेपालमै रहेका, केही बिदेशबाट आएकाहरुको जीन सिक्वेन्सीङ गर्ने तयारी भईरहेको छ ।’


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved