नेपालमा पहिलो पटक कोरोनाको खोप प्रयोग गर्न अनुमति, प्रति डोजको मुल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 04:14:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भारतीय कम्पनीले उत्पादन गरेको कोरोनाको खोपलाई अनुमति दिएको छ । औषधी व्यवस्था विभागले सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएको हो । 

बिभागको माघ २ गते बसेको विभागको बैठकले भारतीय कम्पनीले उत्पादन गर्ने अक्सफोर्ड अस्ट्राजेन्काको कोरोना खोपलाई अनुमति दिएको हो । सरकारले खोप प्रयोगको आपतकालीन अनुमति प्रदान गरेसगैँ खोप आउने विश्वास गरिएको छ। सरकारले निजी क्षेत्रलाई पनि खोप आयात गर्ने अनुमति दिएको छ।

भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले भारतमा निर्मित ‘कोभिसिल्ड’ कोरोनाको खोपबारे निर्माण कम्पनी र सरकारी अधिकारिहरुसँग निरन्तर छलफल तथा सम्बाद गरेका थिए। 

यसै सन्दर्भमा राजदुत आचार्यले खोप निर्माता सिरम इन्ष्टिच्युटका एक वरिष्ठ अधिकारी र भारतका नीति आयोगका प्रमुख अभिताभ कान्तसँग कुराकानी गरेका थिए। 

सिरम इन्ष्टिच्युट कम्पनीले एस्ट्राजेनेकासंगको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वबिद्यालयद्वारा विकसित खोप उत्पादन गरिरहेको छ। यस खोपलाई ७० देखि ९० प्रतिशत प्रभावकारी मानिएको छ।  

भारतमा निर्मित खोप नेपालको लागि उपयोगी किन ?

भारत या छिमेकी देशमा बनेको खोप कयौं कारणले नेपालको लागि फाइदाजनक हुन सक्ने विशेषज्ञहरुको विश्लेषण छ। तुलनात्मक रुपमा सस्तो र आपूर्तिमा पनि सहज हुने भएकाले भारतमा बनेका कोरोना खोप नेपालको लागि फाइदाजनक हुने विश्लेषण गरिएको हो।   

क्सफोर्ड विश्वबिद्यालय एस्ट्राजेनेकाको खोपको निर्माण भारतको सिरम इन्ष्टिच्युटमा भईरहेकाले नेपाललाई खोपको लागि धेरै टाडा जानु नपर्ने जानकार डाक्टर समिर मणि दिक्षिक बताउँछन।  यसको मुल्य पनि दुई डोजको मात्र भारु १५०० पर्ने भएकाले तुलनात्कम रुपमा सस्तो पनि पर्ने उनको भनाई छ।  

यतिमात्र नभई सिरमको यो खोप सामान्य चिसो ठाउँमा पनि राख्न सकिने भएकाले यसलाई नेपालको पूर्वाधार सुहाउँदो देखिएको उनको भनाई छ। त्यसो त दीक्षितले चीनमा बन्ने खोप पनि नेपालको लागि हितकर नै हुने बताउछन।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved