आजबाट भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, नेपालमा कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2021 | 09:58:39 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा आजबाट (शनिबार) कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु हुँदै छ । आज बिहान साढे १० बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गरेपछि सकैसाथ २९ राज्यमा खोप अभियान सुरु हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

छिमेकी देश भारतमा आजबाट खोप अभियान सुरु भएपनि नेपालमा कोरोना विरुद्धको खोप ल्याउन सुरसार भएको छैन् । शुक्रबार औषधी व्यवस्था विभागले भारतीय कम्पनीले तयार पारेको कोभिसिल्ड नामक खोपको आपतकालीन प्रयोगको अनुमति दिएपनि खोप खरिदको प्रक्रिया भने सुरु भएको छैन । 

भारतीय सञ्चार मध्यमहरुका अनुसार भारतका सबै २९ राज्य तथा केन्द्र प्रशासित प्रदेशका ३ हजार ६ स्थानबाट एकसाथ खोप लगाउने अभियान सुरु गरिनेछ। पहिलो चरणमा स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिएका कर्मचारीलाई खोप दिइनेछ। पहिलो दिन हरेक खोप केन्द्रमा कम्तीमा सय जनालाई खोप दिने भारत सरकारले जनाएको छ।

भारत सरकारले यही जनवरी ३ तारिख कोरोनाविरुद्धका २ खोपलाई प्रयोगको अनुमति प्रदान गरेको हो । भारतले कोभ्याक्सिन र कोभिसिल्ड खोप प्रयोगलाई अनुमति दिएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved