नेपाल आइपुग्यो कोरोना विरुद्धको खोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 12:08:18 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप सहयोग उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ । भारतीय ध्वाजाबाहक एयर इन्डियाको उडानमार्फत उक्त खोप नेपाल ल्याईएको हो । 

नेपाललाई अनुदान उपलब्ध गराएको कोभिसिल्ड खोपको १० लाख डोज विमानस्थलमा औपचारिक कार्यक्रमको आयोजना गरी भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्दैछ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको जनाएको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved