कोरोनाविरुद्ध खोप अभियान सुरु, नेपाल दक्षिण एशियामा अभियान थाल्ने दोस्रो देश बन्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 10:53:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले कोरोन महामारीविरुद्धको खोप अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको औपचारिक शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्रीले खोप अभियानको आरम्भ गरेलगत्तै देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, चालक, एम्बुलेन्स चालक लगायतलाई खोप लगाउन सुरु गरिएको छ । आज एकै दिन १२ हजार जनाले खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका छन् ।

नेपाल दक्षिण एशियाी मूलुकहरुका कोभिड विरुद्धको खोप अभियान चलाउने दोस्रो मुलुक भएको छ । भारतले यसअघि नै खोप अभियान सुरु गरिसकेको छ । 

भारतले अनुदानमा दिएको खोप पहिलो चरणमा आजबाट लगाउन थालिएको हो । खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved