अल्का अस्पतालमा इसेवामार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 03:39:53 PM मा प्रकाशित

laxmi  sunrise bank

अल्का अस्पतालमा अब इसेवाबाट अनलाइन अपोइन्टमेन्ट लिन सकिने भएको छ । इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा अल्का अस्पताल आवद्ध भएसँगै इसेवा मोबाईल एप्लिकेशनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने भएको हो ।

अस्पतालका तर्फबाट सिओओ सिए दिपेन्द्र पोखरेल र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध निर्देशक डेनियल डि श्रेष्ठले हस्ताक्षर समझदारीमा हस्ताक्षर गरेका छन् । अनलाइन अपोइन्टमेन्ट सेवामार्फत बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सक्ने छन् । 

कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेका थिए । कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved