भारतसँग झन्डै १ अर्बको कोरोनाको खोप किन्ने बाटो खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2021 | 08:47:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले भारतबाट कोरोनाको खोप खरिद गर्नलाई कानुनी बाटो खुलेको छ। आज बसेको मन्त्रीपरिषदको बैठकले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न भारतको सिरम इन्स्टिच्यूटलाई अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेसँगै खोप खरिद गर्नलाई कानुनी बाटो खुलेको हो। 

खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशतमात्रै अग्रिम भुक्तानी दिन सक्ने कानूनी प्रावधान रहेपनि भारतको सिरम इन्स्टिच्यूटले अग्रिम भुक्तानी माग गरेपछि सरकारले यस्तो निर्णय गरेर बाधा अडकाउ फुकाएको हो।

नेपालको कानुनअनुसार खरिद गर्नु अगाडी पुरा रकम दिन नपाइने र सिरमले पुरा रकम नलिई खोप नदिने अवस्था भएपछि आज बसेको मन्त्रीपरिषदको बैठकले  कानुनि बाटो खोलेको हो। 

बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको छ । सिरमसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयलाई लिएर कानुनी झमेला देखिएको थियो ।

मन्त्रिपरिषद्ले यो निर्णयले खोप खरिद गर्ने बाटो खुला गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। सरकारले सिरमसँग झन्डै १ अर्ब रुपैयाँ बराबरको २० लाख डोज भ्याक्सिन खरिद गर्न लागेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved