चिनियाँ खोपलाई नेपालमा प्रयोगको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 09:24:57 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनको बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेशनले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप नेपालमा आपतकालिन प्रयोगको अनुमति दिईएको छ । ‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ ।

विभागले जारी गरेको सूचनामा १६ जनवरी, २०२१ मा उक्त खोपलाई अनुमति दिएको उल्लेख छ । चीनले नेपाललाई पाँच लाख डोज खोप अनुदानमा दिने घोषणा गरिसकेको छ । अब आपतकालिन प्रयोगको अनुमति पाएपछि चिनियाँ खोप नेपालमा ल्याएर प्रयोग गर्ने बाटो खुलेको हो ।

हाल नेपालमा भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड खोप प्रयोग हुँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved