नर्भिक अस्पतालमा बिरामीले लाइनमा बस्न नपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 05:03:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो पुरानो आउट पेसेन्ट डिपार्टमेन्ट (ओपिडी) लाई डिजीटलाइज्ड गरेको छ । आइतबारदेखि यसको औपचारिक प्रयोग सुरु भएको छ । 

नर्भिकका म्यानेजिङ डिरेक्टर मेघा चौधरीले नर्भिले सम्पूर्ण सेवालाई पूर्ण रुपमा डिजीटाइज्ड गरी अत्याधुनिक बनाउने कामको सुरुवात ओपिडीबाट गरेको बताईन् । नर्भिकको ओपिडीबाट रेनोभेसनको काम थालिएको एमडी चौधरीले जानकारी दिए ।

अत्याधुनिक ओपिडीमा बिरामीहरुले वातानुकुलित र स्तरीय प्रतिक्षालयमा बसेर आफूले लिएको टोकनसँग सम्बन्धित सूचना डिजीटल डिस्प्लेमा डिस्प्ले भएपछि मात्र बिलिङका लागि जानुपर्ने व्यवस्था मिलाईएको छ । यस्तै, कुनै डाक्टरको अपोइनमेन्टका लागि समेत टोकन लिएर आफ्नो नाम डिस्प्लेमा देखिएपछि जान सकनिे व्यवस्था मिलाईएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved