प्रधानमन्त्रीले आइतबार कोरोनाको खोप लगाउने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 06, 2021 | 01:57:02 PM मा प्रकाशित

sarbottam cement

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोना भाइरसविरुद्को खोप लगाउने भएका छन् । उनले आइतबार खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अनुसार आइतबार बिहान १० बजे महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा प्रधानमन्त्रीले खोप लगाउने छन् । 

आइतबारबाट ६५ वर्षमाथिका जेष्ठ नागरिकसहित संवैधानिक निकायका पदाधिकारीहरुले समेत खोप लगाउने छन् । १५ वटा हिमाली जिल्लाका ५५ वर्षमाथिका नागरिकलाई पनि भोलीबाटै खोप लगाईने छ ।

भोली देशभरका कुल ६ हजार बढी खोप केन्द्रबाट एकसाथ दोस्रो चरणको खोप अभियान सुरू हुँदैछ । दोस्रो चरणमा ६५ वर्षमाथिका १६ लाख जेष्ठ नागरिकलाई खोप लगाउने मन्त्रालयको तयारी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved