चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ । कोरोना विरुद्दको खोप ‘भेरोसेल’ र अन्य स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइड बडी ए ३३० जहाज चैत १५ गते बेइजिङ जान लागेको हो ।
बेइजिङबाट स्वास्थ्य सामग्री लिएर चैत १६ गते काठमाडौं अवतरण गर्नेछ । चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनले घोषणा गरेको कोरोनाविरुद्धको ८ लाख डोज खोप स्वीकार गर्ने निर्णय गरेको थियो ।